Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा नयाँ रेकर्ड


काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधवार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घटेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । बुधवार बैंकिङ, ट्रेडिङ, होटल, फाइनान्स र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक घटेका छन । यस्तै पाँच कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ ।

समता लघुवित्त, रु रु जलविद्युत्, गुर्खाज फाइनान्स, नेपाल फाइनान्स लिमिटेड र कर्णाली विकास बैंकको सेयर मूल्यमा नौ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । त्यस्तै बुधवार शेयर बजारले सर्वाधिक शेयर कारोबार भएर हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको शेयर कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक कारोबार हो । नेप्से परिसुचक अनुसार बुधबार २१४ कम्पनीको १ लाख ३२ हजार ३६९ पटक कारोबार भएर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको २ करोड ५१ लख २१ हजार ५५४ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।