काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । बाराको पचरौता नगरपालिका १ पिपरपाती घर भएका ५५ वर्षिय सिंहको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।
एक साता पहिले कोरोना संक्रमण पुष्टि भएपछि सिंहले घरकै होमआइसोलेसनमा बसेर उपचार गरिरहनु भएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि उहाँलाई गत शनिबार वीरगन्जस्थित अलि अर्थो एण्ड ट्रामा सेन्टरमा भर्ना गरिएको थियो ।
अवस्था थप बिग्रिदै गएपछि सोमबार साँझ उहाँलाई वीरगन्जबाट हेलिकोप्टरमाफर्त काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको र त्यहि उपचारका क्रममा उहाँको मंगलबार बिहान निधन भएको भतिज विनय सिंहले जानकारी दिए ।
प्रतिक्रिया