कोरोना विशेष

कोभिडविरुद्धको लडाइँमा भारतले निरन्तर सहयोग गर्छ : राजदूत क्वात्रा


काठमाडौँ– भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड १९ विरुद्धको लडाइँमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने बताउनुभएको छ । काठमाडौँको कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टरको स्थापना गरिएको छ ।

आइसोलेसन सेन्टरको उद्घाटनका क्रममा क्वात्राले कोभिड १९ विरुद्धको लडाइँमा भारत सरकारले नेपाललाई सहयोग गर्ने बताउनुभयो । अग्रवाल भवनमा करीव १ सय २६ जनासम्म राख्न सकिने गरी आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।

अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दू स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले आइसोलेसन सेन्टर सञ्चालन गरेका हुन् । आइसोलेसन सेन्टरमा १८ कोठा रहेका छन् भने आवश्यक सवै स्वास्थ्य सेवा उपलव्ध हुने बताइएको छ ।