कोरोना विशेष

बनेपा नगरपालिका ‘सिल’ : अस्पताल र औषधि पसलबाहेकका सबै व्यवसाय बन्द


काठमाडौँ – कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि बनेपा नगरपालिका क्षेत्र ‘सिल’ गरिएको छ । कारोना नियन्त्रण गर्न जेठ ४ गते मंगलबार राती १२ बजेदेखि जेठ १२ गते बुधबार रातको १२ बजेसम्म बनेपा नगरपालिका क्षेत्रलाई पूर्ण रूपमा ‘सिल’ गर्ने निर्णय भएको नगर प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकामा खाद्यान्न, तरकारी, दूध, फलफूलका पसल र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गर्न लागिएको नगरपालिका कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । अत्यावश्यक सेवामा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन सन्चालन गर्न समेत नपाइने नगरपालिकाले जनाएको छ ।