Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक सोमबार २०.७ अंकले बढेको हो । नेप्से परिसूचक दुई दिन लगातार दोहोरो अंकले बढेर २ हजार ७ सय ५९ दशमलव २१ अंकमा पुगेको छ ।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले वृद्धि भएको छ । सोमबार कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । आइतबार १० अर्ब ४० करोडको कारोबार भएकोमा सोमबार ९ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आईपीओ सूचीकृत भएसँगै लगातार बढिरहेको रुरु जलविद्यतु कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेर प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ । समता घरेलु लघुवित्त तथा राधी जलविद्युतसहित ११ कम्पनीको सेयर मूल्य सोमबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।