कोरोना विशेष

कोरोना संक्रमणबाट वडा अध्यक्ष र सदस्यको निधन


काठमाडौँ – दाङको दंगीशरण गाउँपालिका ३ का वडा अध्यक्षको कोरोना संक्रमणबाट निधन भएको छ । सोमबार विहान कोरोना संक्रमणका कारण उपचार गराइ रहेका वडाध्यक्ष पूर्णबहादुर चौधरीको निधन भएको कोहलपुर मेडिकल कलेजले जनाएको छ ।

दंगीशरण गाउँपालिका ३ चखौरा घर भएका ६३ वर्षीय चौधरी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चुनाव लडेर अध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्यको पनि कोरोनाका आइतबार राति मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका वडा सदस्य केशरलाल चौधरीको मृत्यु भएको हो ।