कोरोना विशेष

बाँकेमा जेठ १० गतेसम्म निषेधाज्ञा थपियो


काठमाडौँ – बाँकेमा जारी जेठ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सोमबार एक विज्ञप्तिमार्फत जेठ ३ गते राति १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

कोरोना संक्रमण कम नभएपछि र ज्यान गुमाउनेको संख्या तीव्र रुपमा बढेको, परिस्थिति असहज बन्दै गइरहेकोले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थालाई अझ प्रभावकारी बनाउन जारी निषेधाज्ञा लम्ब्याएको विज्ञप्तिमा उल्लेख छ । बाँकेमा पछिल्लो दिनमा दैनिक करिब पाँच सय बढी संक्रमित बढिरहेका छन् ।