Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

पर्यटन

सगरमाथासहितको हिमाल आरोहण बन्द गर्न सिफारिस


काठमाडौँ – खराव मौसमका कारण भन्दै जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ ।

हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ–ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न विभागले बुलेटिन जारी गरेको छ । अन्य हिमालको आरोहण बन्द भई सके पछि सगरमाथाको आरोहण भने ५० प्रतिशत बढी अझै बाँकी रहेको जनाएको छ । ल्होत्से, नुप्से, मकालु लगायतका हिमालमा समेत केही आरोहीहरु आरोहण क्रममै रहेकाले विभागले माथि नजान सुझाव दिएको हो ।

हिन्द महासागरदेखि सुरु भएको उक्त चक्रवात अहिले १७५ प्रतिघण्टाको बेगमा भारतमा अघि बढिरहेको छ । समुन्द्र तटीय क्षेत्र केरला र मुम्बईमा क्षति पु¥याउँदै उक्त चक्रवात गुजराततर्फ अघि बढिरहेको छ ।