कोरोना विशेष

चीनबाट २५ सय अक्सिजन सिलिन्डर काठमाडौँ ल्याइँदै


काठमाडौँ – सोमबार बेलुकी सम्म २५ सय अक्सिजन सिलिन्डर काठमाडौँ आइपुग्ने भएको छ । कोरोना संक्रमितको संख्या बढेसंगै नेपालमा अक्सिजन अभावकै कारण धेरैले ज्यान गुमाइसकेका छन् । नेपालमा अक्सिजन अभाव भएपछि छिमेकी मुलुक चीनबाट अक्सिजन ल्याउन लागिएको हो ।

त्यस्तै, भोलि र पर्सिमा १० हजार सिलिन्डर अक्सिजन काठमाडौं आउँने ललितपुरको कुपण्डोलस्थित रहेको बिध म्यानेजमेन्ट प्रालिले जानकारी दिएको छ । यसअघि पनि सरकारसँग समन्वय गर्दै कोरोना महामारीको पहिलो चरणदेखि नै अघि रहेको बिध म्यानेजमेन्टले पीसीआर ल्याब पनि सञ्चालन गरेको छ।

अक्सिजन अभावका कारण देखिएको समस्या समाधानका लागि आगामी ८–९ दिनमै दिनमै करिब १० सेट अक्सिजन प्लान्ट आउँदै गरेको र त्यसका लागि आफूहरुले संयोजन गरिरहेको बिध ल्याबले जनाएको छ । साथै, सरकारको सहयोगमा लिक्विड अक्सिजन समेत ल्याउन आफूहरुले संयोजन गरेको ल्याबका अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिनुभयो । सरकारको सहयोगमा मात्र यो सम्भव भएको उहाँको भनाइ छ ।