काठमाडौँ – सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हिजो बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठेपछि सरकारले अध्यादेश ल्याउने तयारी थालेको हो ।
सम्भवतआजै बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेश स्वीकृत गरी राष्ट्रपति कार्यालय पठाउने सम्भावना रहेको छ । कोरोना महामारी रोक्न २०२० सालको ऐन बाधा भएको छ । सरकारले यसअघि कोरोना संक्रमण नियन्त्रणका लागि ल्याइने औषधिबारे कानुनी व्यवस्था गर्न औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ ल्याएको थियो ।
यसैबिच, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । सीसीएमसीको हिजो बसेको बैठकमा कोभिडलाई प्रभावकारी ढंगले नियन्त्रणकालागि स्वास्थ्य संकटल लगाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जानकारी दिनुभयो ।
प्रतिक्रिया