काठमाडौँ – एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागसेस पुरस्कार जितेका नेपाली वैज्ञानिक महावीर पुन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टबीच भेटवार्ता भएको छ । उद्योग मन्त्री भट्ट राष्ट्रिय आविष्कार केन्द्रमा नै गएर पुनलाई भेटेका हुन् ।
कोरोना भाइरसको महामारीका कारण मुलुकभर अक्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ रु भन्नेबारेमा सुझाव लिन मन्त्री आविष्कार केन्द्रमा आएको आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले जानकारी दिए ।
शनिबार दिउँसो मन्त्रालयका अधिकारी र नेपाल आयल निगमका अधिकारीहरुलाई समेत साथमा लिएर आएका मन्त्री भट्टलाई पुनले पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएको जानकारी दिए । शनिबारको बैठकमा कुनै निचोड ननिस्किएको भन्दै थप छलफलका लागि आइतबार मन्त्रालयमा नै छलफल गर्ने कार्यतालिका तय भएको छ ।
प्रतिक्रिया