Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

लेष्टरेले एफए कप उचाल्दै इतिहास रच्यो


काठमाडौँ – लेष्टर सिटीको फुटबल इतिहासमा नै उसले पहिलो पटक एफए कप फुटबलको उपाधि उचालेको छ । क्लब स्थापनाको १ सय ३७ वर्षे कालमा इतिहास रच्ने क्रममा शनिबार राति भएको फाइनलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा युरीले उत्कृष्ट गोल गरेका थिए । सो गोलको प्रत्यक्षदर्शी २१ हजार थिए । शनिबार राती वेम्बलीमा फाइनल प्रत्यक्ष हेर्ने अनुमति दिइएको थियो । लकडाउन पछि सबैभन्दा धेरै समर्थकलाई प्रत्यक्ष खेल हेर्न अनुमति दिएको हो ।

यस्तै खेलको ८९ औं मिनेटमा चेल्सीका बेल चिलवेलले गोल गरेका थिए । तर, भिडियो असिस्टेन रेफ्री (भिएआर) ले सो गोललाई अफसाइड देखिदा मान्यता दिएन ।

यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो । लेष्टरले सन् १९६९ पछि पहिलोपल्ट एफए कपको फाइनल खेलेको हो ।