समाचार

कांग्रेस उपसभापति गच्छदारकी पत्नीको कोरोना संक्रमणबाट निधन


काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ । काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४स् ४५ बजे निधन भएको हो ।

लामो समयदेखि कलेजोको बिरामीसमेत रहेका उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको उपसभापति गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले पुष्टि गरे ।

उनको आजै दाहसंस्कार गरिने छ ।