Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

चीनको यान मंगल ग्रहमा सफल अवतरण


काठमाडौँ – चीनले प्रक्षेपण गरेको यानले मङ्गल ग्रहमा सफल अवतरण गरेको छ । चिनियाँ अधिकारीलाई उदृत गर्दै ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

यो यानको सफल अवतरणसँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले पहिलो पटक मङ्गल ग्रहमा यान अवतरण गराइको थियो । मङ्गल ग्रहमा यान अवतरण गराउन ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।

चीनले तिआन्वेन–१ अभियान अन्तर्गत फेब्रुअरी महिनामा पहिलो हप्ता अर्थात् तीन महिना अघि यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो । मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको तौल दुई सय ४० किलोग्राम रहेको छ । रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ ।

रोबर्टमा क्यामराहरू जडान गरिएको छ । ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् । अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन् । तिआन्वेन–१ मङ्गल ग्रहमा पुग्ने चीनको दोस्रो प्रयास हो । यसअघि सन् २०११ मा रुससँग मिलेर चीनले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो । यस पटक चीनसँगै अमेरिका र यूयईले पनि मङ्गल ग्रहमा यान पठाएका छन् । ती यान अन्तरिक्षमै रहेका बीबीसीले जनाएको छ ।