Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

एनएसएलको फाइनल खेल आज


काठमाडौँ – नेपालको पहिलो फुटबल फेन्चाईज प्रतियोगिताको फाइनल खेल शनिबार हुँदै छ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज राजधानीको टिम काठमाडौँ रेजर्स र सुदूर पश्चिमको प्रतिनिधि गरेको टिम धनगढी एफसी उपाधिका लागि भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

दुवै टिम पहिलो संस्करणको प्रतियोगितामा उपाधि जित्दै इतिहासमा नाम लेखाउन चाहन्छन् । यसअघि पनि यसै प्रतियोगतामा यी दुई टिम काठमाडौँ र धनगढी दुई पटक आमनेसामने भइसकेका छन् । सो खेलमा दुई पटक नै धनगढीले जितेको छ । धनगढी प्ले अफमा काठमाडौँलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाण्डौले दोस्रो क्वालिफायरमा ललितपुरलाई ३–० गोलले हराएर उपाधि नजिकै पुगेको हो ।

समूह चरणको खेलमा पनि धनगढीले काठमाडौँलाई ३–० गोलले हराएको थियो । आजको फाइनल खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्चोङ र विकेश कुथुबीचको प्रतिष्पर्धाका रुपमा पनि लिइएको छ ।

धनगढीको कप्तानी किरणले र काठमाडौँको कप्तानी विकेशले सम्हालेका छन् । प्रतियोगिताका विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट विधाका खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।