समाचार

महामारी फैलाउनमा सरकारको दोष : सभापति देउवा


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीको संक्रमण फैलनुमा सरकारलाई दोषी देखाएका छन् । सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना संक्रमण बढिरहेको उनले बताएका हुन् ।

इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड इद उल फित्रका अवसरमा शुभकामना दिँदै सभापति देउवाले ईद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै गएको र अहिलेको अवस्थामा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको बताएका हुन् । देउवाले सन्देशमा भनेका छन्, ु देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा छ । सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी छ ।ु