Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

गण्डकी प्रदेश

नयाँ सरकार गठनको दाबी गर्दै गण्डकी प्रमुखलाई पत्र


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्नी पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नेपाली कांग्रेसको नेतृत्वमा अब बन्ने नयाँ सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाउन चार दल प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।

कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरी प्रदेश प्रमुख सीता पौडेललाई पत्र बुझाउन लागेका हुन्।

चार दलका नेताहरु संविधानमा लेखेको दुई वा दुईभन्दा बढि दल मिलेर सरकार बनाउने प्रावधानअनुसार नयाँ सरकारको दाबी गर्दै प्रदेश प्रमुखका कार्यालय पुगेका हुन् ।