राजनीति

गण्डकीमा मुख्यमन्त्री छिनोफानो आज : पृथ्वीसुब्बा नै मुख्यमन्त्री बन्ने सम्भावना कति ?


काठमाडौँ – गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज ९बुधबार० हुँदैछ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयअवधि आज सकिदै छ ।

गुरुङले गत आइतबार राजीनामा दिएका थिए। सोही दिन प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज दिउँसो ४ बजेसम्मको समयसम्मको समय उपलब्ध गरिएको थियो ।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारको पक्षमा हस्ताक्षर गर्न अस्वीकारगरेसँगै कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको छ ।

जनमोर्चा विपक्षमा उभिएसँगै संविधानको धारा १६८ अनुसार गण्डकीमा ठूलो दलको नाताले कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा नै मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको हो । गुरुङको पक्षमा अहिले २७ सांसद छन् भने स्वतन्त्र भनिएका दीपक मनाङेग्ले पनि गुरुङलाई नै सघाउँदै आएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ मा ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ’, भन्ने प्रावधान रहेको छ ।

यस समयभित्र विपक्षी दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्छ । अन्यथा प्रदेश सभामा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ ।