Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

लायन्स इन्टरनेशनल डाइरेक्टरमा सिटौलाको उम्मेदवारी दर्ता


काठमाडौँ – लायन खगेन्द्र सिटौला पी एम जे एफ (१६ डाइमण्ड) सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा इन्डोर्सी पदका उम्मेदवारीमा आफ्नो नाम दर्ता गरेका छन। लायन्स क्लब्स इन्टरनेशनल पुर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडरसमेत रहेका सिटौलाले आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

लायन्स क्लब विश्वका २ सय भन्दा बढी देशमा फैलिएको र अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा उनि आफू गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । आफ्नो गभर्नरकाल(२००६- 0७)मा सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा समेत फहराउन सफल सिटौलाले आज नेपालको झण्डा विश्वको २ सय भन्दा बढी राष्ट्रहरुमा फहराउन अधि बढेका छन् ।सफल नेतृत्वको परिचायक बनेका लायन्स लिडर खगेन्द्र सिटौलाको अनुभब, खारिएको प्रतिभा, समाजसेवामा सक्रिय भूमिका र कुशल अभिभावकका रुपमा स्थापित हुदै आएका छन् ।

लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक १९९७ मा लायन्स क्लब दिङला भोजपुरको संस्थापक सदस्यको रुपमा रुपमा लायन्स क्लबमा प्रवेश गरेका उनि २००२ -०३ क्लब अध्यक्षको रुपमा काम गरेका थिए त्यसै गरि २००२-०४ सम्म जोन चियर पर्सनको रुपमा काम गरेका उनि सन् २००४-०५का क्याबिनेट सेक्रेटरी हुदै २००६-०७का डिस्ट्रिक ३२५ ए का डिस्ट्रिक गभर्नरको रुपमा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन्।

सन् २०१२-२०१३ मा मल्टिपल डिस्ट्रिक ३२५ नेपालका काउन्सिल चियार्पर्सन भएर काम गरेका थिए ।त्यसै गरि उनले सन २००७-०८ देखि मल्टिपल डिस्ट्रिक ३२५ एल सी आइ एफको कोर्डिनेटर भएका उनिसम २०१०-११ देखि २०१५-१६ सम्म मल्टिपल डिस्ट्रिक ३२५ लायन्स क्वेष्ट चियरपर्सन हुदै सन् २०१३-१४ देखि २०१५-१६को जी एम टि मल्टिपल डिस्ट्रिक ३२५ कोर्डिनेटर रहेर काम गरिसकेका छन् ।

सन् २०१७ देखि सन् २०१९ सम्म जी एम टि एरिया लिडर मल्टिपल डिस्ट्रिक ३०५ पाकिस्तान तथा मल्टिपल डिस्ट्रिक ३२५ हुदै सन् २०१९ देखि हाल सम्म जी एटि एरिया लिडरको रुपमा सक्रिय हुदै आएका छन् ।उनले ८ वटा अन्तर्राष्ट्रिय अध्यक्ष पदक ४ लिडरसिप पदक ,एल सी आइ एफ कन्ट्रीब्यूटर पदकका साथै धेरै अन्तर्राष्ट्रिय अध्यक्षका प्रमाणपत्र प्राप्त गरेका छन्।

उनले हाल सम्म ४ पटक अन्तर्राष्ट्रिय डाइरेक्टर इण्डोर्सी भएका छन्। उनि सन् २००८मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१० मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१२मा डिस्ट्रिक ३२५ ए १ बाट र हाल सन् २०२१मा डिस्ट्रिक ३२५ ए१ बाट इण्डोर्सी भएका हुन।गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । लायन्स अन्तर्राष्ट्रियको कन्भेन्सनमा , आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका सिटौला नेपाली लायन्सको हरेक सदस्यहरु माझ भिजेर काम गरेकाले देशभरका लायन्स सदस्यहरुको मन र विश्वास जित्नेमा आफू ढुक्क रहेको बताउछन। लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डा लाई चिनाउने अभियानमा लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।