राजनीति

प्रचण्ड, देउवा र उपेन्द्रको खरो प्रश्नमा ओलीको खरो जवाफ : ओलीको पद गुम्यो, अब नयाँ सरकार कहिले ?


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको प्रस्ताव संसद्मा अस्वीकृत भएको हो ।

सोमबार प्रधानमन्त्री केपीशर्मा ओलीले विश्वासको मतलिने प्रयोजनका लागि बोलाएको संसदको विशेष अधिवेशनमा भोट कसलाई दिने भन्ने विषयबाटै नेताहरुको सवालजवाफ सुरु भयो । लामो समयपछि आमने सामने भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सदनबाट विश्वासको मतमाग्ने नैतिक अधिकार तपाईँलाई छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ?

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मतलिन खोजेको दाहालले आशंका व्यक्त गरे । ओलीले संसद्को विश्वास आफु माथि नभएमा र्गप्रशस्त गरिदिने बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनता काहितमा काम गर्न प्रधानमन्त्रीलाई कसले कहिले कहाँ रोक्यो ? भनेर प्रश्न गरे ।
आफु कार्यकारी प्रमुख प्रधानमन्त्री हुने अनि अरुकामाथि दोष र गुनासो थुपारेर जिम्मेवारीबाट भाग्न पाउनु हुन्नभन्दै देउवाले नयाँ सरकारका लागि दाबी गरे । संसद्मा सरकार फेरबदलदेखि विश्वासको मतमाग्ने प्रधानमन्त्रीको निर्णयसम्म आईपुग्दा एक मत हुनबाट चुकेको जसपाका दुई अध्यक्ष भने दुई मुख बोले ।

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष तटस्थ रहेभने अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले विपक्षमा मत दिए । जनमोर्चाकी सासंददुर्गा पौडेलले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न विश्वासको मतलिन खोजेको हो भन्दै प्रश्नगरिन् ।

विश्वासको मत माग्न प्रधानमन्त्रीले आह्वान गरेको संसद्को विशेष अधिवेशनमा प्रधानमन्त्री र नेताहरुबीच सवाल जवाफ सकिएपछि भएको मत दानको नतिजा सभामुख अग्नि प्रसाद सापकोटाले सुनाए ।
जसामा प्रधानमन्त्रीलाई विश्वास छ भन्ने पक्षमा ९३ मत खस्योभने प्रधानमन्त्रीलाई विश्वास छैन भन्ने पक्षमा १२४ सांसदले मतदिए । १५ सांसद तटस्थ बसे भने एमाले माधवप क्षका२७ सांसद बैठकमै उपस्थित भएनन् । यो संगै प्रधानमन्त्री ओली पद मुक्तभएका छन् भने सरकार कामचलाउमा परिणत भएको छ ।