Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

पर्यटन

चार नेपालीसहित दुई भारतीयले पुमोरी हिमालको सफल आरोहण


काठमाडौँ – चार जना नेपालीसहित दुई भारतीयले ७ हजार १ सय ६१ मिटर अग्लो पुमोरी हिमालको सफल आरोहण गरेको छ । जारी हिमाल आरोहणको दौरान पर्यटन विभागका अनुसार आज पुमोरी हिमालमा दुई भारतीय र चार जना नेपालीले सफल आरोहण गरिएको जानकारी दिनुभयो । आरोही टोली २ः३० मा चुचुरो पुगेको थियो ।

यो हिमाल चढ्न यस सिजनमा २ समुहका ९ जना सदस्यले आरोहण अनुमति लिएको विभागको तथ्यांक छ ।

अहिले सगरमाथासहित १६ हिमाल चढ्न ७४२ जना आरोही हिमालमा रहेका छन् । अनुकुल मौसम हेरे आरोहीबाट धमाधम आरोहण शुरु भएको छ ।

महालंगुर हिमशृंखलामा पर्ने पुमोरी सुन्दर हिमाल भनेर परिचित छ। यसको नाम शेर्पा भाषामा राखिएको मानिन्छ। यसको अर्थ पुमो भनेको युवती (सुन्दरी) र री भनेको हिमाल हो। यसको अर्थ सुन्दर हिमालको अर्थ लाग्ने गर्छ।