देश

विश्‍वासको मत लिने प्रधानमन्‍त्री ओलीको प्रस्तावमाथि मत विभाजन सुरु


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिन चाहेको विश्वासको मतको पक्ष विपक्षमा संसदमा अहिले मत विभाजन शुरू भएको छ । प्रधानमन्‍त्री ओलीले राखेको प्रस्तावमा छलफल र जवाफ दिने क्रम सकिएपछि सोमबार बेलुका पाँच बजे पछि मतदान प्रकिया सुरु भएको हो ।

मतदानका लागि पक्षमा मत दिनेका लागि ‘हुन्छ’ विपक्षमा मत दिनेलाई ‘हुन्न’ र तटस्थ बस्ने सांसदहरुले ‘मत दिन्न’ भन्ने पुष्तिकामा हस्ताक्षर गर्नेछन् । ओलीले विश्वासको मत पाउन १३६ जना सासदले पक्षमा मतदान गर्नुपर्छ ।

कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा मतदान गर्दैछन् भने एमालेकै माधवकुमार नेपाल पक्ष भने उपस्थित भएको छैन। जसपाको महन्थ ठाकुर पक्ष तटस्थ बस्ने भएको छ ।