कोरोना विशेष

कोरोनाका कारण विराटनगरमा आठ जनाको मृत्यु


काठमाडौँ – नेपालको पूर्वी क्षेत्र विराटनगरमा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । सात जना संक्रमितले अस्पतालमा उपचारक्रममा र एक जनाले घरैमा ज्यान गुमाएका हुन् ।

विराट मेडिकलमा सुनसरीको इटहरी ८ की ५४ वर्षीया संक्रमितको आइतबार मृत्यु भएको छ । यस्तै, नोबेल अस्पताल विराटनगरमा त्रिवेणी चोकका ७६ वर्षीय, धरान–१७ का ६६ वर्षीय र सिरहाको कल्याणपुर–४ की ३८ वर्षीयाको आइतबार मृत्यु भएको छ ।

यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया, झापाको मेचीनगर–६ का ६० वर्षीय र सप्तरीको बोदे बरसाइन नगरपालिका– १० का ३५ वर्षीयको शनिबार राति मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यस्तै, विराटनगर– १० का ५२ वर्षीयको होम आइसोलेसनमा मृत्यु भएको महानगरका प्रहरी निरीक्षक राजन पौडेलले बताए ।