काठमाडौँ – कोरोनाको दोस्रो लहरले अहिले विश्वलाई आक्रान्त बनाएको छ । यसमा नेपाल पनि अछुतो छैन । अहिले नयाँ भेरियन्ट थप खतरानाक भएको कारण ज्यान गुमाउने र सिकिस्त संक्रमतिको संख्या पनि दिनप्रति दिन बढिरहेको छ । त्यसैले संक्रमितलाई समस्या देखिएमा तत्काल नजिकैको अस्पतालमा लैजानुपर्ने चिकित्सकको सुझाव छ ।
पछिल्लामा दिनमा कोरोना संक्रमितको हुनेको मात्र नभएर मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । कोरोना संक्रमण फैलिन थालेपछि विभिन्न अस्पतालमा विरामी धान्न नसक्ने स्थिति आएको छ । हाल नेपालमा आइतबार सम्म सक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार १ सय ६० रहेको छ । योमध्य ८१ हजार ४ सय ३० जना होम आइसोलेसनमा छन् । आइतबार सम्म मृत्यु हुनेको संख्या ३ हजार ६ सय ८४ जना पुगेको छ । हाल नेपालका सरकारी तथा निजी अस्पतालहरु संक्रमितले खचाखच भरिएका छन् । कोरोनाको नयाँ भेरियन्ट पहिलेभन्दा जटिल खालको भएकोले स्वास्थ्यमा समस्या भएमा तुरुन्त अस्पताल जानुपर्ने चिकित्सक भनाइ छ ।
शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आएमा, अत्याधिक खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा स्वाद र गन्ध परिवर्तन हुने, एकदम थकान हुने, निद्रा लागिरहने वा कुनैपनि किसिमको कठीन समस्या भएमा घरमा बस्नु हुँदैन । अहिले फैलिरहेको नयाँ भेरियन्टले एक्कासी कोभिड निमोनिया गराउँछ । त्यसैले संक्रमितलाई समस्या देखिएमा नजिकैको कोभिड अस्पतालमा गएर जाँच गर्नुपर्छ ।
पछिल्लो समय कोरोना भाइरस कुनै एक व्यक्ति वा परिवारको भन्दा पनि विश्वव्यापी समस्या बनिसकेको छ । एकजना संक्रमित भए सयौँ हजारौँको ज्यान जोखिममा पर्ने भएकाले हरेक नागरिक जिम्मेवार बन्नुपर्ने विज्ञ बताउछन् ।
सुरक्षाका उपाय नअपनाउँदा र सचेत नरहँदा जोसुकैलाई पनि कोरोना संक्रमण हुनसक्छ । त्यसैले कोरोना संक्रमणको दर कम गर्न सरकारले तोकेका मापदण्ड तथा आदेश पूर्ण रुपमा पालना गर्नु अपरिहार्य छ ।
प्रतिक्रिया