काठमाडौँ – एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागारेर पुरस्कार विजेता तथा नेपाली वैज्ञानिक महावीर पुनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेका छन् । पोखरेलले कोरोनाविरुद्धको लडाइँमा पुनले खेलेको भूमिकाको प्रशंसा पनि गरेका छन्।
कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए। उनका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ।
आइतबार मन्त्रीको कार्यलय सिंहदरबरमा भएको भेटमा कोरोनाविरुद्धको लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन् । कोरोनाविरुद्वको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोखरेलले बताए।
भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले संकटकालीन अवस्था भएकाले त्यहीअनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका छन्।

प्रतिक्रिया