Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

इडीभी २०२१ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा


काठमाडौँ – अमेरिकी सरकारले प्रत्येक वर्ष खुलाउदै आएको इलेक्ट्रोनिक डाइर्सिटी भिसा (इडिभी) अर्थात् चिठ्ठा अन्तर्गत २०२२ का लागि मागिएको आवेदनको नतिजा सार्वजनिक गरेको छ । राजधानीस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी गरेको हो ।

सार्वजनिक भएको नतिजा हेर्नका लागि अमेरिकाका आधिकारिक वेवसाइड https://dvprogram.state.gov/ मा गएर हेर्न सकिन्छ । नतिजा हेर्नका लागि डिभी भर्दा आएको कन्फरमेसन नम्बर अनिवार्य रूपमा चाहिन्छ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी साइटमा नै उपलब्ध गराइएको जनाएको छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनौट भएको भन्ने बेहोराको इमेल नपठाउने भएकाले कसैले त्यस्तो इमेल पठाएमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।