Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

पर्यटन

नयाँ उचाई कायमपछि पहिलो पटक कामिरिताद्वारा सगरमाथा आरोहण


काठमाडौँ – विश्वको शिखर सगरमाथाको नयाँ उचाई कायम भएपछि कामिरिता शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण गर्नुर्भको छ । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएसँगै सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही बन्नुभएको हो। कीर्तिमानी आरोही कामिरिता शेर्पाले यो आरोहणसँगै २५ औँ पटक सगरमाथाको सफल आरोहण पूरा गर्नुभएको छ।

पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जनाए अनुसार शुक्रवार ९आज० बेलुकी ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेक्नु भएको हो । उहाँसँगै १२ जना शेर्पाले पनि सगरमाथाको आरोहण गर्नुभको छ ।