Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

ओलीका सबै विकल्प सकिए : माधव छोडी देउवाको दैलोमा किनपुगे, यो घमण्डले कहाँ पुर्‍याउँला ?


काठमाडौँ – बैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन् ।यसकै लागि बुधबार कांग्रेस सभापति देउवा निवास पुगेर ओलीले विश्वासको मत मागे । तर आफ्नै पार्टीको असन्तुष्ट पंक्तिलाई लत्याएर विपक्षीसंग मत माग्ने ओली अहम्को बाटो कति सहज छ ? चासोका साथ हेरिएको छ ।

आफ्नै पार्टीका एक सय २१ सांसद र जसपाको महन्थ ठाकुर पक्षलाईसाथमा लिए प्रधानमन्त्री केपी शर्मा ओलीले लगभग विश्वासको मत पु¥याउन सक्छन् । तर आफुसंग भएको बहुमतलाई लात्तीहानेर प्रधानमन्त्री ओली बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको दैलोमा विश्वास खोज्न पुगे ।हिजो प्रचण्ड–माधवहरु देउवा निवासमा धाउँदा प्रधानमन्त्रीको पद किस्तीमा बोकेर डुलाएको भनी खिल्ली उडाउने ओलीलाई समयले देउवाकै दैलोमा पुर्‍याईदिएको हो ।

आफ्नै पोल्टाको दुईतिहाई मासेर प्रमुख प्रतिपक्षसंग विश्वास माग्न हिडेका ओलीले देउवासंग झण्डै सवा दुई घण्टालम्बेतानको कुराकानी गरेका थिए ।तर देउवाले विश्वासको मत नदिनेमा आफू प्रष्ट भएको भन्दै रित्तै हात फर्काइदिए । वैशाख २७ गतेको तिथि नजिकिँदै जाँदा प्रतिपक्ष गुहार्नुभन्दाउत्कर्षतिर अभिमुख एमालेभित्रको विग्रह मिलाएर अघि बढे ओलीलाई फाइदा छ । किनकि अहिले पनि माधव पक्ष ओली सच्चिए विश्वासको मत दिएर अघि बढ्ने बाटोमै देखिन्छ ।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा शपथ लिदा ओलीसँग एमालेका १२१, माओवादी केन्द्रका ५३, राजपाका १७, राष्ट्रिय जनमोर्चा र राप्रपाका १/१ गरी स्पष्ट दुई तिहाइको समर्थन थियो । २७५ मध्ये ओलीको पक्षमा१९३ सांसद थिए । तर अहिले अन्य पार्टीको समर्थन त ओलीलाई छैन नै, आफ्नै पार्टीका ३५ सांसदले समेत साथ नदिने अवस्था आएको छ । बुहमत पुर्‍याउनका लागि ओलीलाई १३६ सांसद आवश्यक पर्छ ।

एमालेका १२१ र जसपाको महन्थ ठाकुर पक्षका १४ गरी १३५ सांसद हुन्छन् । अपुग १ सांसदको जोहो गर्नु ओलीका लागि सम्भावना बाहिरको कुरा होइन । तर माधव पक्षलाई वेवास्ता गर्दा ओलीले पतनको बाटो प्रारम्भ गरेको अनुमान गर्न कठिन छैन ।
तीन बर्षअघि स्पष्ट दुईतिहाई बहुमतमा रहेका उनी अहिले स्पष्ट अल्पमत छन । यद्यपी, विपक्षीहरुलाइ कुनै पनि हालतमा मिल्न नदिएर जतिसक्दो चाँडो संवैधानिक कर्मकाण्डीका साथ संसद् विघटनको बाटो तताउने ओली विकल्प भने कायमै छ ।

१४ वर्ष पार्टी आन्दोलनको नेतृत्व गरेका वरिष्ठ नेता माधवकुमार नेपाललाई किनाराकृत तुल्याएर क्षण भरमै तह लगाइदिन्छु भन्ने ओलीमा अहमता देखिन्छ । तर आधारभूत तहसम्मै संरचनागत पहुँच भएकोयो पक्ष पनि उत्तिकै शक्तिशाली भएकाले ओलीलाई सहजछैन ।

किनकि ओली नसच्चिए बैशाख २७ मै सामुहिक राजीनामा दिने माधव पक्षको तयारी छ । पार्टी एकतालाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्दा तत्कालिन नेकपाकहानी नै समाप्त हुनेगरी विलय भयो । अहिले ओलीमा देखिएको अथाह घमण्डले एमालेलाई पनि सोही दिशामा अघि बढाएको छ ।