Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

अक्सिजनको सिलिण्डर ल्याउन चीनमा वाइडबडी पठाउने तयारी


काठमाडौँ – चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिण्डरमध्ये पहिलो खेपमा २ हजार सिलिण्डर नेपाल ल्याइने भएको छ । यसका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाउनेबारे छलफल शुरु भएको छ ।

जहाज पठाउने सम्बन्धमा अर्थ मन्त्रालयले माग गरे अनुसार नेपाल एयरलाइन्सले ‘कोटेशन’ बुझाएको छ । जहाजको भाडाका सम्बन्धमा सहमति नभइसकेको र छलफल चलिरहेको नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।

जहाजले बेइजिङबाट सिलिण्डर ल्याउने छ । यो क्षमतामा सिलिण्डर बोक्न सक्ने जहाज नेपालमा नेपाल एयरलाइन्ससँग मात्र रहेको छ ।