Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

घरमै गएर पीसीआर परिक्षण गर्दा पाँच सय लाग्ने


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमै गएर पीसीआर परिक्षण गर्ने नमूना संकलनको शुल्क अधिकतम् पाँच सय रुपैयाँ निर्धारण गरेको छ। घरमा पुगेर पीसीआरर परिक्षणका लागि नमूना संकलन गर्ने शुल्क अधिकतम पाँच सय रुपैयाँ निर्धारण गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताउनु भयो ।

बुधबार गरिएको प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने निर्णय भएको बताउनु भएका् छ । साथै, दिनप्रतिदिन कोरोनाले भयावहस्थिति लिएको हुँदा स्थानीय तहलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ सघन रूपमा गर्न अनुरोध पनि गर्नु भयो ।
मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले गरेको निर्णयअनुसार कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गरेर कोभिड-१९को परिक्षण बढाउने व्यवस्था गर्न अनुरोध गरेको हो।