Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेपाली सेयर बजारमा सामान्य गिरावट


काठमाडौँ – साताको चौथो कारोबार दिन बुधवार नेपाली सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार परिसूचक नेप्से ५ दशमलव ०९ अंकले ओरालो लाग्दा २ हजार ६ सय ४९ दशमलव ६० अंकमा बन्द भएको छ । बजार परिसूचकमा सामान्य गिरावट हुँदा कारोबार रकम ६ अर्ब नाघेको छ ।

१ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २१ करोड ६८ लाख १४ हजारको कारोबार भएको हो । बुधवार नेप्सेमा व्यापार, हाइड्रोपावर, वित्त कम्पनी र निर्जीवन बिमा उपसूचक उकालो लाग्दा त्यसबाहेकका सबै उपसूचकमा गिरावट भएको छ ।

बजार परिसूचकमा करेक्सन भए पनि १५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताको रोजाइमा हाइड्रोपावर कम्पनी पर्दा सकारात्मक सर्किट लाग्नेमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् ।