Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

नेपालमा अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन कोरोनाले ५८ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जनामा र ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ५४ जानमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६६ हजार ३५१ पुगेको छ ।

आज देशभर १ हजार ९९३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणका कारण थप ५८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ ।