Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न स्वास्थ्यकर्मीको अपिल


काठमाडौँ – शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् । अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न आग्रह गरेका छन् ।

संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्ने तर्फ सचेत रहन आग्रह गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गर्नुभयो । अहिले देशैभरीका कोभिड अस्पताल र अन्य सरकारी अस्पतालमा संक्रमितको चाप बढिरहेको छ ।

हिजो स्वास्थ्य मन्त्रालयको तथ्यांकमा २४ घण्टामा ७ हजार ३ सय ८८ व्यक्ति संक्रमित भएका छन् भने ३७ जनाको मृत्यु भइसकेको छ । कोभिड संक्रमणको दोस्रो लहर ७७ वटै जिल्लामा पुगिसकेको छ । यसबाट सर्वसाधारण सँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार धमाधम संक्रमित हुन थालेका छन् ।