Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि विमानस्थलमा नेपाल छाड्नेहरुको भीड



काठमाडौँ– सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड बढेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान सुचारु थियो ।

आन्तरिक तर्फको सम्पूर्ण उडान आजबाट तोकिएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ गते बाट रोकिदैछ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भीड विमानस्थलमा बढेको छ । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन् ।