Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

खेलाडीमा कोरोना देखिन थालेपछि आइपीएल २०२१ निलम्वन


काठमाडौँ – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ । खेलाडीहरुमै कोरोना संक्रमण पुष्टि हुन थालेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको एएनआईलाई बताएका छन् ।

पछिल्लो समय कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ । कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको थियो ।

चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको थियो । त्यस्तै सनराइजर्स हैदरावादका विकेटकिपर ब्याट्सम्यान रिद्धिमान साहालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।