Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौँ – नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको कोरोना सं‌क्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष,नेपालगन्ज उमनपा १० स्थायी वासिन्दा ७० वर्षीया वृद्ध,नगढी १८ कैलालीका ५५ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका ५ की ६२ वर्षीया महिला रहेका छन् ।

योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँके जिल्लाका १४१ जना रहेका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा आएर मृत्यु हुनेको संख्या १२५ जना रहेको छ ।