Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

नेपालमा अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन कोरोनाले ३७ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ४४८ जना कोरोना संक्रमित पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन् ।

आज देशभर २ हजार २१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणका कारण थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ ।

देशभर २१२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।