Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

नेपालमा थप ७ हजार २११ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २११ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर विधिबाट ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको कुल सख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

आज देशभर १ हजार ६१२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ । देशभर ६७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।