Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाज

भारतीय कारभित्र मृत भेटिएका ३ बालकको पहिचान खुल्यो


काठमाडौँ – दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार मृत फेला परेका तीन बालकको पहिचान खुलेको छ । तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको गाडीमा कुहिएको अवस्थामा तीन बच्चाको शव भेटिएको थियो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ बस्ने भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परीयारका ७ वर्षीय छोरा सुवर्ण परियार र सोही ठाउँका किरण परियारका ६ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

शव पहिचान हुन नसकेपछि प्रहरीले स्थानीयलाई खबर गरेको थियो । मृतक बालकका परिवारले लगाएको कपडाका आधारमा बालकको सनाखत भएको हो । अभिभावकहरूले १६ गते बच्चा हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

गाडी केही दिनअघि नै त्यहाँ रहेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । माघदेखि पार्किङ गरी राखेको गाडीभित्र तीन वटा शव फेला परेको छ,’ सिंहले भने, ‘घटना गम्भीर छ, हामी सूक्ष्म अध्ययन गरिरहेका छौं ।’