Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

आइतबार मध्यरातबाट मकवानपुरमा निषेधाज्ञा


काठमाडौँ – मकवानपुरमा कोरोना संक्रमित दैनिकरुपमा बढ्न थालेसँगै स्थानीय प्रशासनले आइतबार मध्यरातबाट निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

सक्रिय कोरोना संक्रमितको संख्या र जोखिमको आधारमा हेटौंडा उपमहानगर, मनहरी, थाहानगर र भीमफेदी गाउँपालिका तथा राष्ट्रिय राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।