Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

एकैदिन ५ हजार ७ सय ६३ संक्रमित पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा संक्रमण देदिएयता एकैदिनमा पहिचान भएका सबैभन्दा धेरै संक्रिमित संख्या हो ।

यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । यस्तै संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको संख्या ३ हजार २९८ पुगेको छ । थप १ हजार २८७ संक्रमणमुक्त भएका छन् ।