राजनीति

स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि वरिष्ठ नेता खनाल आज डिस्चार्ज हुदै


काठमाडौँ – कोरोना संक्रमणपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज हुनुहुने भएको छ ।

वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँ नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो।

नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उहाँ लाई प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो। स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको र स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।