समाचार

सगरमाथाको चुचुरोमा बहराईनका राजकुमारको टोली


काठमाडौँ – नेपाल भ्रमणमा रहेका बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितकाको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । मंगलबार बिहान करिब पौने सात बजेतिर राजकुमार खलिफासहितका टोलीले सगरमाथाको सफल आरोहण गरेको हो ।

यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दलले सेभेन समिटबाट सगरमाथाको आरोहणका लागि प्रस्थान गरेको थियो ।

सगरमाथा चढ्नुअघि राजकुमार खलिफाले मनास्लु र लुवुचो हिमालको आरोहण गरेका थिए ।