कोरोना विशेष

वरिष्ठ नेता खनाल आज अस्पतालबाट डिस्चार्ज हुने


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमणमुक्त हुँदै आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । उपचाररत उनलाई अईतबार नै संक्रमण नेगेटिभ देखिए पनि केही दिन चिकित्सकको निगरानीमा राखिएको थियो ।

खनाललाई कोरोना संक्रमण पुष्टि भएपछि वैशाख १८ मा नर्भिक अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो।