राजनीति

बुढानिलकण्ठमा देउवा र प्रचण्डबीच वार्ता हुँदै


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबिच देउवा निवास बुढानिलकण्ठमा वार्ता भइरहेको छ । नयाँ सरकार गठनको पहलमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेता छलफलमा जुटेका छन् ।

उनीहरुबिच नयाँ सरकार गठनका लागि जुटाउनु पर्ने बहुमतलाई लिएर छलफल केन्द्रीत भएको जनाइएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिबाट बहुमतको सरकार गठनका लागि वैशाख ३० गतेसम्मको समय दिएर आह्वान भएको छ ।

कांग्रेस, माओवादी तथा जसपा मिलेर सरकार बनाउने पहल थालेको बताइए पनि जसपा भित्रको आन्तरिक मतभेदले गठबन्धनलाई समस्या हुने देखिएको छ ।