राजनीति

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु



काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्डमा जारी छ। राष्ट्रपतिबाट सोमबार सरकार गठनका लागि आह्वान भएपछि पार्टी सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेको हो। बैठकमा कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सहमागी छन्

बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुँदैछ। पदाधिकारी बैठकअघि सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विपक्षी गठबन्धनको सरकार गठनको विषयमा छलफल गरेका थिए। प्रचण्डसँगको छलफल सकिए लगत्तै देउवा निवासमा पदाधिकारी बैठक सुरु भएको हो।