राजनीति

देउवा र प्रचण्ड बीचको छलफल सकियो,आजै अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दै



काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विचको वार्ता सकिएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गरेपछि प्रचण्ड देउवालाई भेट्न जानुभएको हो ।

उँहाहरूबीच करिब आधा घण्टा कुराकानी भएको थियो। देउवाले आजै अपरान्ह ३ बजे पार्टी पदाधिकारी बैठक पनि राख्नुभएको छ । पदाधिकारी बैठक गरेर पार्टीमा छलफल गरेपछि नयाँ सरकार गठन गर्नेबारे अन्य दलका नेतासँग छलफल गर्ने देउवाको तयारी छ।