समाचार

चीनबाट आइपुग्यो ४ सय वटा अक्सिजन सिलिन्डर


काठमाडौँ – अक्सिजन ग्याँस सिलिन्डर ल्याएर नेपाल एयरलाइन्सको जहाज काठमाडौँ आइपुगेको छ ।

नेपाल एयरलाइन्सको जहाज चार सय अक्सिजन ग्याँस सिलिन्डर, १६० अक्सिजन कन्सन्ट्रेटर र १० थान भेन्टिलेटर ल्याएर विमानस्थलमा अवतरण भएको नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । यी सामग्री ल्याउनका लागि जहाज हिजो राती बेइजिङ प्रस्थान गरेको थियो ।

चीनबाट बाँकी सामग्री ल्याउनका लागि जहाजलाई तयारी अवस्थामा राखिएको समेत पौडेलले जानकारी दिनुभयो ।