कोरोना विशेष

कोरोनाले नेपालमा एकैदिन २२५ जनाको मृत्यु, ९ हजार ४८३ जनामा संक्रमण पुष्टि


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप २२५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ४८३ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । योसँगै नेपालमा संक्रमित हुनेको कुल सख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

आज देशभर ५ हजार २२५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर ४४८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।