कोरोना विशेष

कोरोनाको कारण नेपालमा पनि भयावह स्थिति, सरकारको भर परे केही हुन्न


काठमाडौँ – देशका विभिन्न भागसहित काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम तीव्ररूपमा बढेको छ । विज्ञहरुले पनि संक्रमितको संख्या बढेपछि अस्पतालले धान्न नसक्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विश्व कोरोना कहरको दोस्रो लहरबाट आक्रान्त बनेको छ । नेपालमा पनि केहि साता यता दैनिक हजारौं संक्रमित थपिइरहेका छन् । अक्सिजन अभावमा संक्रमितको ज्यान गइरहेको छ । यो विषम परिस्थितिबाट बाहिर निस्किने विकल्प साँघुरिँदै गएको छ । गत वर्ष कोरोनाले दिर्घरोगी बृद्धबृद्धालाई बढि असर गरेको थियो भने, युुवा समूहमा कम असर गरेको थियो । तर, अहिले आएको नयाँ भेरिन्टको कोरोना संक्रमबाट युुवा समूह पनि सिकिस्त हुने गरेका छन् । युवा समूहले पनि कोरोनाका कारण ज्यान गुमाउनुपरेको अवस्था छ । अहिले अस्पतालको अवस्था हेर्दा बेड सबै भरिभराउ छन् । बेड र स्वास्थ्य सामग्री अभावले चिकित्सकहरु कसरी उपचार गर्ने भन्ने चिन्तामा छन् ।

अब सरकारको भर परेर केही नहुने स्थिति आउन सक्छ । यस्तो अवस्थामा नागरिक आफैँ सचेत नहुने हो भने कोरोनाका कारण आकल मै ज्यान गुमाउनेको संख्या झन् बढ्ने निश्चित छ । 

कोरोना संक्रमण नियन्त्रण गर्न उपत्यकामा ११ दिनदेखि निषेधाज्ञा लागू छ । जारी निषेधाज्ञा १५ दिन थप गर्न डीसीसीएमसीले सिफारिस गरिसकेको छ । निषेधाज्ञाका बिचपनि उपत्यकासहित देशभर नै संक्रमण दिनहुँ बढिरहेको छ । निषेधाज्ञाले पनि यो संक्रमण नियन्त्रण हुन नसक्ने चिकित्सक दाबी गर्छन ।

अब सरकारको भर परेर केही नहुने स्थिति आउन सक्छ । यस्तो अवस्थामा नागरिक आफैँ सचेत नहुने हो भने कोरोनाका कारण आकल मै ज्यान गुमाउनेको संख्या झन् बढ्ने निश्चित छ । त्यसैले आफू बचौँ र अरुलाई बचाऔँ भन्ने मूल मन्त्रका साथ नागरिक सचेत र जिम्मेवार हुन अत्यावश्यक छ ।